काठमाडौँ, १५ मंसिर । कैलाश विकास बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ ।
सो साधारण सभाले हाल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनश सेयर तथा ९.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको आर्थिक वर्ष २०७३/७४ को वासलात तथा सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण समेत पारित गरिएको छ ।
बैंकको बोनश शेयर पारित भएकाले अब चुक्ता पूँजी २ अर्ब ५२ करोड पुगेको छ । २०७४ मंसिर १३ सम्ममा बैंकले १८ अर्ब ३२ करोड निक्षेप संकलन गरी १६ अर्ब १९ करोड कर्जा प्रवाह गरेको बताइएको छ ।
बैंकले विभिन्न जिल्लामा संचालित ४१ शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्नुका साथै इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, एसएमएस बैंकिङ जस्ता सुविधा प्रदान गर्दै आएको छ । आफ्ना २० वटा एटीएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले बताएको छ ।















प्रतिक्रिया