अमेरिका । उत्तर अमेरिकामा रहेका नेपालीमूलका पत्रकारहरूको साझा संस्था, नेपाल अमेरिका पत्रकार संघ, नेजाले डिसेम्बर १ तारिख शुक्रबारका दिन एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
अमेरिकाको भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालको आतिथ्यमा नेजाले सो कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।
भर्जिनियास्थित ग्लोवल नेपाल मिडिया हाउसको कार्यालयमा वेलुकी ६ः३० बजे आयोजित सो अन्तरक्रियामा विश्व प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रता अभियानका एक अभियन्ता महासंघका पूर्व अध्यक्ष दाहालसँग पेशागत लगायत समसामयिक विषयमा अन्तर्क्रिया गरिने नेजाका अध्यक्ष भोला आचार्यले जानकारी दिए ।
नेजाका उपाध्यक्ष गुणराज लुइँटेलले संयोजन गरेको कार्यक्रममा अध्यक्ष आचार्य, सल्लाहकार समेत रहेका बरिष्ठ पत्रकार योगेश उपाध्याय, संस्थापक अध्यक्ष एवं सल्लाहकार गिरिश पोखरेल लगायत डिसी मेट्रो क्षेत्रमा रहेका पत्रकारहरूका साथै समुदायका प्रतिनिधीहरूको पनि उपस्थिति रहने कार्यक्रम संयोजक उपाध्यक्ष लुइँटेलले बताए ।















प्रतिक्रिया