३० आश्विन २०८३, शुक्रबार

लावतीलाई नयाँ पार्टी खोलेर देखाउन कमल थापाको चुनौति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaसुरुङ्गा (झापा), ८ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले माघ ८ मा संविधान जारी नभए त्यसपछि राप्रपा नेपाल पहिलो शक्तिको रुपमा उदय हुने दाबी गर्नुभएको छ ।

अब बन्ने नयाँ संविधानमा सनातन हिन्दू राष्ट्र कायम गराउने उद्देश्यले जनमत तयार गर्न मेची अञ्चलका कार्यकर्ता भेटघाटका लागि झापा आइपुग्नुभएका अध्यक्ष थापाले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनमा सो दाबी गर्नुभएको हो ।

प्रमुख भनिएका तीनदल सत्ता केन्द्रित फोहोरी खेलमा अल्झिएका कारण माघ ८ मा संविधान जारी हुने कुरामा आफू विश्वस्त नरहेको बताउँदै उहाँले राप्रपा नेपालले उठाएका मूलभूत विषय समावेश नभएको संविधान जारी भए नेपाली जनाताले अस्वीकार गर्ने धारणा राख्नु भयो ।

नेपाली काँग्रेस र नेकपा एमालेले सङ्ख्याको गणितीय दम्भ तथा एमाओवादी र मधेसवादी दल पराजयको पीडाले निषेधको राजनीतिमा लागेको आरोप लगाउँदै अध्यक्ष थापाले समयमा नै संविधान जारी गर्न संविधानसभाको पूर्ण बैठक तत्काल बोलाउनुपर्ने माग गर्नु भयो ।

एक फरक प्रसङ्गमा उहाँले आफूलाई अध्यक्षबाट राजीनामा दिन २१ दिने अल्टिमेटम दिने लावती समूहलाई इच्छा भए अर्काे पार्टी खोलेर देखाउन चेतावनी दिनुभयो । रासस