५ कार्तिक २०८३, बिहिबार

थप २ स्थानमा ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ सेवा सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । ग्लोबल आइएमई बैंकले बैतडी र बझाङमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैकले गत मंगलबार बैतडी जिल्लाको पाटन नगरपालिका–१० ठाटामा ५१ औँ र बुधबार बझाङ जिल्लाको बित्थडचौर गाउँपालिका–१, बित्थडमा ५२ औ शाखारहित बैकिङ सेवा सुरु गरेको हो ।

बैतडीमामा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुन बहादुर कुवँरलाई र बझाङमा सुरु गरिएको सेवाको स्थानिय नर बहादुर बोहरालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।