मुम्बई । सलमान खानको नयाँ चलचित्र ‘टाइगर जिन्दा हे’ आउने भएसँगै उनका फ्यानहरु उत्साहित भएका छन् । उनले सो चलचित्रमा आफ्नी पूर्व प्रेमीका कटरिना केफसँग अन स्क्रिन रोमान्स गर्दै छन् ।
सलमान खानका फ्यानहरुका लागि अर्को पनि एउटा खुसीको खवर छ । हाल चलचित्र बाहिर पनि उनीहरुको रोमान्स हुन सक्ने अनुमान गरिएको छ । र अनुमान सत्य हो भन्न कुरालाई कटरिनाले इन्स्टाग्राममा पोष्ट गरेको पछिल्लो तस्विरले पनि बल दिएको छ । गोवाबाट फर्किने क्रममा उनले यो तस्विर सेयर गरेकी थिइन् ।
गोवामा आयोजना भएको चलचित्र महोत्सवमा उपस्थित हुदाँ कटरिनाले केही फोटोहरु सेयर गरिन् र त्यसको क्रेडिट सलमानलाई दिइन् । त्यस्तै, चलचित्र ‘टाइगर जिन्दा हे’को रोमान्टिक गीत ‘दिल दिया गल्ला’को केही तस्विरहरु पनि सार्वजनिक भएको छ । जसमा दुईजनाको केमेष्ट्री निकै मजबुत देखिन्छ । फोटोमा हेर्दा अभिनय मात्रै गरेजस्तो देखिन्न । फोटोमा हेरेर जो कोहीले पनि अनुमान लगाउन सक्छ कि यिनीहरुबीचमा पक्कै केही छ भनेर । यदि यो अभिनय मात्रै हो भने पनि सलमानका फ्यानहरुको लागि राम्रै कुरा हो । कम्तिमा कटरिनाको अभिनय सुध्रेको छ ।















प्रतिक्रिया