२८ आश्विन २०८३, बुधबार

डालसमा ‘महानन्द सापकोटा पुरस्कार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahananda-sapkota-puraskar-dallas

विकासराज न्यौपाने / अमेरिका 

अन्तरास्ट्रिय नेपाली साहित्य समाज, डालस  च्याप्टर को आयोजनामा भाषाशास्त्री  “१०८ महानन्द सापकोटा जयन्ती ” कार्यक्रम टेक्सासको डल्लासमा गरियो। त्यस रमाइलो जमघट मा नेपालमा रहनु भएका नेपाली भाषाविद, कवि लेखक तथा सम्पादक वसन्त थापा लाई यस वर्षको “महानन्द सापकोटा पुरस्कार” प्रदान गरेको घोषणा गरियो। यस पुरस्कारको राशि $५००. ०० रहेको छ।

अनेसासका केन्द्रीय महासचिव पदम विश्वकर्मा ल पुरस्कृत साहित्यकार वसन्त थापाको परिचय गराउदै अनेसास को स्थापना भएको २३ वर्ष पुरा भएको र अब आफूले आगामी जुन को अन्तिममा हुने चुनाव मा केन्द्रीय अध्यक्षको उमेद्वारी दिने घोषणा समेत गर्नुभयो।

कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका महासचिव विजयराज भट्टराईले अनेसासले संस्थाको नामको अगाडी भएको ‘अन्तरास्ट्रिय’ नाम अनुसार काम नभएको गुनासो गर्दै हामी ‘क्वाँटीटि’ भन्दा ‘क्वालिटी’ मा ध्यान दिनु पर्ने सुझाव दिनुभयो।

कार्यक्रम तोकिएको समयमा सुरु गर्नु भएको थियो, अनेसास डालसका संस्थापक सदस्य भीम कार्कीले। उहाले महानन्द सापकोटाको जीवनका बारेमा घटेका उल्लेख्य घटना सुनाउदै सापकोटाको साहित्यिक जीवनी प्रस्ट्याउनु भयो।  सीता सापकोटा परिवारद्वारा स्थापित यस पुरस्कारको हस्तान्तरण समीरण सापकोटाले महानन्द सापकोटा गुठिका तर्फबाट प्रदान गर्नु भएको थियो।

सिर्जनाको यात्रामा अबिराम समर्पित एउटा सार्थक कलम जसले कुनै प्रतिफलको अपेक्षा नगरी नेपाली साहित्यका धेरै विधामा सक्षम कलम चलाउन सफल व्यक्तिलाई महानन्द सापकोटा पुरस्कार घोषणा गरेर धेरै गुन कमाएको बताउनु भयो प्रमुख आतिथ्यता गर्नु भएको कवि बिप्लव प्रतीक ले। कार्यक्रममा अनेसास डाल्लास कि सदस्य चम्पा पाण्डे भट्टराईले स्वागत मन्तव्य दिनु भएको थियो।

कार्यक्रममा झन्डै २५ जना कवि – कबियित्रीहरुले कविता वाचन गर्नु भएको थियो। डालसको अर्भिन्गमा आयोजना गरिएको उक्त कार्यक्रममा १२० जनाको हाराहारीमा सहभागी रहेको बताउनुभयो अनेसासका केन्द्रीय सचिव बेदराज बस्नेतले। कार्यक्रमको अन्तमा अध्यक्ष बाशु शर्माले नेपाली समाज टेक्सासका अध्यक्ष भुवन आचार्य, NCSC का संयोजक  डा मुरली अधिकारी  लगाएत  उपस्थित सबैलाई धन्यवाद दिनुभयो।