३ कार्तिक २०८३, मंगलबार

चलचित्र ‘कोशेली’को पोष्टर सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ मंसिर । आगामी पुस ७ गते रिलिज गर्ने गरी निर्माण सुरु गरिएको नेपाली चलचित्र ‘कोशेली’को पोष्टर सार्वजनिक भएको छ । प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको फिल्मको दुई पोष्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

भोले बाबा फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । मनोज खत्रीको लेखन तथा निर्देशन रहेको चलचित्रमा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीलगायतको अभिनय रहेको छ ।

निर्देशक मनोजले अहिलेको पुस्ताले मनपराउने खालको समसामयिक कथालाई फिल्ममा देखाइएको बताएका छन् । ‘फिल्मले अहिलेको पुस्ताको प्रेमकथालाई समेटेको छ, आम दर्शकका लागि फिल्म रुचिकर हुनेछ’ निर्देशक खत्रीले भने ।