काठमाडौँ । नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टोलीको विवादमा दिनहुँ एकपछि अर्को प्रतिकृयाहरु आउने क्रम जारी छ । एक कार्यक्रममा नायिका ऋचाले ‘छक्का पञ्जा’को एक दृश्यले ‘मुर्ख’ जस्तो महशुस भएको प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएपछि सुरु भएको विवादले विभिन्न मोड लिएको छ । विभिन्न व्यक्तिहरुले पक्ष विपक्ष लिँदै आफ्नो धारण राखेका छन् ।
ऋचाको त्यस्तो प्रतिकृया आएपछि कलाकार दिपक राज गिरी र चलचित्रकी निर्देशक दिपाश्री निरौलाले ‘दर्शकलाई मुर्ख भनेको’ भन्दै फेसबुकमा एउटै स्टाटस लेख्दै ऋचाको आलोचना गरेका थिए । केही समयपछि उनीहरुले सो स्टाटस डिलिट पनि गरे । पछि चलचित्रका अन्य कलाकारहरु प्रियंका कार्की, स्वस्तिमा कार्कीलगायतले पनि सामाजिक सञ्जालमार्फत ऋचाको आलोचना गरेका थिए ।
केही समय अघि नायिका रेखा थापाले पनि यो विवादको विषयमा मुख खोलेकी थिइन् । उनले एक पत्रकारले फेसबुकमा राखेको स्टाटसमा कमेन्ट गर्दै ‘जोकरभन्दा माथि नउठ्ने भए’ भनेकी थिइन् । सोही कमेण्टमा ‘छक्का पञ्जा’की निर्देशक दिपाश्री निरौलाले प्रतिकृया जनाएकी छिन् ।
उनले प्रतिकृयामा ‘थ्याङ्क यु रेखा (धन्यवाद रेखा)’ भन्दै विवादलाई टुङ्ग्याउन खोजेको जस्तो देखिन्छ । दिपाले रेखाको कमेण्टमा कुनै पनि नकरात्मक प्रतिकृया जनाएकी छैनिन् ।















प्रतिक्रिया