रवि रोषी
दोहा । कतारमा सिंगिङ्ग आईडल कार्यक्रमको प्रस्तुती यहि डिसेम्बर १२ हुने भएको छ । समाजसेवी रुपन्देही कतारसंगको सहकार्यमा सो कार्यक्रम आयोजना हुन गइरहेको हो ।
उक्त कार्यक्रममा आधुनिक, पप लगायतका गीतहरुको प्रतियोगितात्मक प्रस्तुती रहने कुरा शक्ति क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा सहभागी हुन फाराम भर्ने अन्तिम म्याद यहि नोभेम्बर २५ तारिख सम्म रहेको पनि जानकारी गराउनुभयो ।
सहभागी शुल्क १ सय १ रियाल रहेको सो प्रतियोगितामा प्रथम हुनेलाई १ लाख एक हजार नगद नेपाली रुपैंया, द्धितिय हुनेलाई ५० हजार १ रुपैंया र तृतिय हुनेलाई २५ हजार १ रुपैंया सहित ट्रफी सहित प्रमाणपत्र प्रदान गरिने कुरा आयोजक पक्षले जनाएको छ । कार्यक्रम विहान १० बजेबाट साल्वा रोडमा अवस्थित क्वालिटी हाईपर मार्केटमा विहान १० बजेबाट सुरु हुने कुरा अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारका उपाध्यक्ष इमानजंग बानियाले बताउनुभयो ।














प्रतिक्रिया