लसएञ्जलस । साउथ अफ्रिकाकी २२ वर्षीया डेमी ले नेल पीटर्सले यस वर्षको मिस युनिभर्सको उपाधि जितेकी छन् ।
सोमबार लस भेगसमा सम्पन्न प्रतियोगितामा उनले ९१ प्रतिस्पर्धीलाई पछि पार्दै यो ताज जितेकी हुन् ।
डेमी ले यो ताज जितेसँगै अफ्रिकाले दोस्रोपटक मिस युनिभर्सको ताज जितेको छ । यसअघि सन् १९७८ मा मार्गरेट गार्डिनरले यो ताज जितेकी थिइन् । ताजसँगै झन्डै ३९ वर्षको खडेरीलाई डेमीले तोडिदिएकी छन् ।
‘मिस युनिभर्स आत्मविश्वासी हुन जरुरी छ’, डेमी ले भनिन्, ‘मिस युनिभर्स त्यो महिला हो, जसले थुप्रै डरहरूको सामना गरेकी हुन्छिन् र साथै उनले अरु महिलाहरूको डरलाई पनि घटाउन मद्धत गर्छे र मलाई लाग्छ म त्यस्तै महिला हुँ ।’
मिस युनिभर्समा फस्ट रनरअपको ताज कोलम्बीयाकी लारा गोन्जालिजले हात पारेकी छन् । जमैकाकी दाभिना बेनेट सेकेन्ड रनरअप भइन् ।
नेपालबाट नग्मा श्रेष्ठले पहिलो पटक मिस युनिभर्समा प्रतिनिधित्व जनाएकी थिइन् । – एजेन्सी
















प्रतिक्रिया