२९ आश्विन २०८३, बिहिबार

रेखा थापाले गरिन् पूर्वपतिको बर्थडे बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chabi-and-rekha-thapa

चलचित्र क्षेत्रमा सक्रिय भएको २५ बर्षसँगै निर्माता छविराज ओझाले आईतबार आफ्नो ५०औँ जन्मदिन मनाए । सो अवसरमा उनले नयाँ चलचित्र निर्माणसमेत घोषणा गरेका छन् । चलचित्र क्षेत्रका हस्ती तथा पत्रकारबीच आफ्नो फिल्मी यात्रको ‘सिल्भर जुब्ली’ तथा बर्थ–डे केक काटेका छविराजले ‘किस्मत–२’ निर्माणको घोषणा गरेका छन् । छविराजलाई आफूले डेब्यू गराएका तीन अभिनेत्री पुजना प्रधान, रजनी केसी र शिल्पा पोखरेलले केक काट्न सहयोग गरेका थिए ।

स्मरणीय के भने पहिलोपटक डेब्यु गराएका अभिनेत्री रेखा थापा भने आइनन् । धेरैलाई लागेको थियो, ‘छविराजको उक्त महत्वपूर्ण क्षणमा रेखा पनि हुनेछिन् ।’ छविको जन्मदिनको शुभकामना दिन नीर शाह, उद्धव पौडेल, प्रदीप उदय, राजकुमार राई, किरण खरेल, गोपाल कायस्थ, आकाश अधिकारी, उज्जवल घिमिरे, नरेश पौडेल, श्याम खेतानलगायतका चलचित्रकर्मी कार्यक्रममा पुगेका थिए । नेपाली चलचित्र क्षेत्रमा ‘बा’ भनेर चिनिने छविले कार्यक्रममा भने, ‘यस उद्योगमा बा नामले मात्र नभई हजुरबुबा नामले समेत चिनिने चाहना छ ।’ तीनपटकसम्म पत्नी वियोगमा परिसकेका छविको हजुरबा बन्ने चाहना एकदिन अवश्य पूरा हुने होला । कार्यक्रममा निर्देशक एवं अभिनेता नीर शाहले फिल्म २५ दिन टिक्न नसकिने उद्योगमा छविराज ओझाले २५ बर्ष विताएकोमा ‘एक अमर ब्यक्ति’ भन्दै छविराजको प्रशंशा गरेका थिए ।

Chabi-ojha-birthday

यस्तै, पत्रकार शान्तिप्रियले मोजमस्ती गर्ने सोच बोकेर आएका निर्माताभन्दा छविराजजस्ता ब्यावसायिक निर्माता यस क्षेत्रका लागि सधै आवश्यक पर्ने धारणा राखेका थिए । उद्घाषित ‘किस्मत–२’ छविराजको १८औँ चलचित्र हो । ७ बर्षअघि उज्जवल घिमिरेले निर्देशन गरेको ‘किस्मत’ सफल भएको थियो । अहिले त्यसैको सिक्वेल बनाउने उनले घोषणा गरेका हुन् । तर, ‘किस्मत–२’ को निर्देश्न भने श्याम भट्टराईले गर्नेछन् ।