३ कार्तिक २०८३, मंगलबार

बद्री पंगेनीले नचाए वामदेव गौतमलाई, घन्कियो ‘सैपनि कम्युनिष्ट मै पनि कम्युनिष्ट…’

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम जनगायक बद्री पंगेनीले गाएको गीतमा गायक पंगेनीसंगै नाचेर अग्रीम जीतको खुशियाली मनाएको बताए ।

उपाध्यक्ष गौतमले अबको नेपाल कम्युनिष्टको नेपाल भनेर भावि सन्ततिले चिन्ने उद्घोष गर्दै देश वाम पन्थीहरुले चलाउनेमा कसैलेपनि शंका नगर्न आग्रह गरे ।

बर्दियाको सदरमुकार गुलरियामा सोमबार आयोजना गरिएको संयुक्त विशाल सभामा गौतमले वाम पन्थी सरकारले नै देश चलाउने बताउँदै आफ्ना गाउँको विकासकालागि योजनाहरु बनाएर तयार पार्नपनि आग्रह गरे ।

सईपनि एमाले मै पनि एमाले र सै पनि माओबादी र मै पनि माओबादी बोलको गीतमा आफुसंगै एमाले उपाध्यक्ष गौतमलाई नचाएका जन गायक बद्रि पंगेनीले समग्र बर्दियाको विकासकालगि कम्युनिष्ठलाई नै जिताउन बर्दियाबासीलाई आग्रह गरे ।

जनताको मन मनमा बस्न सफल गायक पंगेनीले बर्दियाको विकास केवल बामदेवले नै गर्ने ठोकुवा गर्दै बामदेवलाई अत्यधिक मतले जिताउन आग्रह गरे । वाम गठबन्धनलाई जिताएर बर्दियाको विकास होस् भन्नकालागि आफु बर्दिया आएको पंगेनीले बताए ।

कार्यक्रममा बर्दियाको ३ वटा नगरपालिका र १ वटा गाउँपालिकाबाट उर्लिएर जनताहरु कार्यक्रम स्थलमा उपस्थित भएका छन् ।