मेलबर्न । दिदीबहिनी समाज भिक्टोरियाद्वारा बढ्दो घरेलु हिंसा न्यूनीकरणका संभाबित उपाय र रोकथामलाई केन्द्रबिन्दु बनाएर यस क्षेत्रका नेपाली र अस्ट्रेलियाली बिज्ञहरूलाई सहभागी गराएर घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना गरेका छन् ।
कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले पितृसत्तात्मक संस्कारबाट आएको कारण हाम्रो समाजको घरेलु हिंसामा नेपाली संस्कारले निरन्तरता पाएको पाइने बताए ।
नकारात्मक शक्ति बढी भएकाले जथाभावी लेख्ने र बोल्ने कामले सामाजिक हिंसा बढाउनेतर्फ इंगित गर्दै संस्थाको स्थापना कालदेखि नै यस्का उद्देश्य प्राप्ती कार्यमा आफ्नो पूर्ण सहयोग रहेको र यस्लाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
मोरल्याण्ड सिटी काउन्सिलका मेयर जोन कभानाघले दिदीबहिनी समाज भिक्टोरियाद्धारा गरिने कार्यक्रम प्रभाबकारी हुने भएकोले काउन्सिल योसंग मिलेर काम गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्का कार्यक्रमहरुमा सक्दो सहयोग गर्ने बताए ।















प्रतिक्रिया