३ कार्तिक २०८३, मंगलबार

‘मिस नेपाल पिस’को आवेदन खुल्ला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अघिल्लो वर्षको ‘मिस नेपाल पिस’की विजेता ।

काठमाडौँ, १० मंसिर । युनि क्याम्पस ‘मिस नेपाल पिस’को छैटौँ संकरण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक विज्ञप्तिमार्फत प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेशा रोजेका र अध्ययन गरिरहेकालाई पेशा र समाजप्रति थप उत्तर दायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगत ६ बर्षदेखि नियमित आयोजना हुँदै आएको आयोजकले जनाएको छ । ‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो स्वास्थ्य पेशासँग सम्बन्धित सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मका कम्तिमा ५ फिट हाइट भएका अविवाहित युवतीले आवेदन दिन सक्नेछन् ।

आवेदन फारम नेक्स्ट मोडल्स नेपालको अनामनगरस्थित कार्यलय तथा नेक्स्ट मोडल डटकममा उपलब्ध छ । मंसिरको अन्तिम साता काठमाडौँमा आयोजना गरिने प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाको दाबी रहेको छ ।

प्रारम्भिक छनौट देशका विभिन्न स्थानमा ब्रेष्ट क्यान्सर सम्बन्धि जन चेतना र हेल्थ क्याम्प सहित आयोजना हुनेछ । प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई सञ्चार कला, विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्स्ट मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

प्रतियोगिताका शिर्ष बिजेताले एक लाख नगद, नेपाल ब्रेस्ट क्यान्सर फाउण्डेसनको गुडविल एम्बेसडरका साथै विभिन्न उपहार समेत जित्न सक्नेछन् । प्रतियोगितामा विभिन्न आधादर्जन विधामा समेत विजेता छानिने आयोजकले जनाएको छ ।