१ कार्तिक २०८३, आइतबार

एमाले युवा र खेलाडीहरुको पक्षमा काम गर्ने पार्टीः पुर्वमन्त्री पौडेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १० मंसिर । पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले युवा र खेलाडीहरुको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । बाराको सिमरामा आइतबार नेपाल खेलकुद महासंघले आयोजना गरेको जितपुर सिमरा उपमहानगर स्तरीय युवा खेलाडीको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

आफु सरकारमा भएका समयमा युवा परिषद् गठन र युवा रोजगारीका बिषयमा ल्याएको योजना बर्तमान सरकारले कार्यान्वयन नगरेको उनले आरोप लगाए । नेपाल खेलकुद महासंघका अध्यक्ष समेत रहेका नेता पौडेलले काँग्रेसका कारण देश धरापमा पर्ने खतरा रहेको उल्लेख गर्नु भयो । एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले एमालेले मात्र देश र जनताको पक्षमा काम गर्न सक्ने दाबी गरे ।

नगर संयोजक आरीफ हुसैनको अध्यक्षतामा भएको भेलामा वडा नम्बर २ का सदस्य धन बहादुर श्रेष्ठ, मनोज शाहलगायतले बोलेका थिए । कार्यक्रमा विभिन्न क्लबका खेलाडीहरुलाई जर्सी वितरण गरिएको थियो ।