३ कार्तिक २०८३, मंगलबार

पुसको अन्तिममा ‘काठमाडौँ सर्ट फिल्म फेष्टा’ हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । लघु चलचित्र निर्माताहरुलाई प्रोत्साहित गर्न छायाँछवि क्रियसनले तेस्रो काठमाडौँ सर्ट फिल्म फेष्टा–२०१७ (लघु चलचित्र महोत्सव–२०१७) आयोजना गर्ने भएको छ । नेपाली चलचित्रको बैकल्पिक बजारको रुपमा लघु चलचित्रहरु पनि स्थापित हुन सक्छन् भन्ने विश्वासका साथ यो लघु चलचित्र महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपाली चलचित्रकर्मीले निर्माण एवम् निर्देशन गरेका लघु चलचित्रहरु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत हुन थालेको अवस्थामा यस्ता चलचित्रले पहिले आफ्नै मुलुकमा सम्मान र स्थान पाउनु पर्छ भन्ने उद्देश्यले पनि ‘सर्ट फिल्म फेस्टा’ आयोजना गर्न लागिएको छायाँछवि क्रियसनले बताएको छ । सो ‘सर्ट फिल्म फेस्टा’ पुसको अन्त्यमा आयोजना गरिने बताइएको छ । उक्त महोत्सवमा लघु चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धी अन्तरक्रियालगायतका कार्यक्रम पनि आयोजना गरिने आयोजकले बतायो । छायाँछवि क्रियसनले पहिलो पटक काठमाडौँ सर्ट फिल्म फेस्टा–२०१३ तथा काठमाडौं सर्ट फिल्म फेस्टा–२०१५ आयोजना गरेको थियो ।

यो चलचित्र महोत्सवमा बृत्तचित्र, चलचित्र, कार्टुन/एनिमेशन चलचित्रले भाग लिन पाउने बताइएको छ । सम्बन्धित चलचित्रको लम्बाई भने ३ मिनेट देखि ४५ मिनट भित्रको हुनु पर्ने छ । महोत्सवमा सहभागी हुनका लागि छायाँछबि क्रियशनको कार्यालय डिल्लीबजारमा मंसिर १५ सम्म लघु चलचित्र दर्ता गर्नु पर्ने प्रावधान राखिएको छ । जुनसुकै विधा र शैलीका चलचित्रले पनि फेस्टामा भाग लिन पाउने छन् । काठमाडौ ‘सर्ट फिल्म फेस्टा–२०१७’ मा सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहीत केहि विधामा नगद सहित अवार्ड प्रदान गरिने आयोजकले बताएको छ ।