लमजुङ । युएईको आबुधावीमा लमजुङ घर भएका २९ वर्षीय टुकप्रसाद गुरुङको ४० औं तलाबाट खसेर ज्यान गएको छ ।
बेंसीशहर नगरपालिका–१० बाँझखेत सिरुवारीका गुरुङको गत आइतबार आबुधाबीको कर्नेस रोडमा रहेको इत्तेहाद टावरको भित्तामा डोरीमा झुण्डिएर सिसा सफा तथा पेन्टिङ काम गर्ने क्रममा रोप लिफ्टबाट खसेर ज्यान गएको हो ।
टुकप्रसादले आउँदो असोज २५ गते तिहार मनाउन घर आउन टिकट लिएको र उनले ५ महिनाअघि जन्मिएको छोराको मुख हेर्न भन्दै केही सामान पनि किनेर राखेको सँगै काम गर्ने नेपालीहरुले बताएका छन् ।
टुकप्रसादको ज्यान गएकोबारे यहाँ कार्यरत नेपालीहरुले सूचना र तस्बिर भाइरल बनाएपछि कम्पनीले निगरानी बढाएको छ । आफन्त तथा साथीहरु जानकारी गराए पनि आधिकारिक निकायबाट कुनै जानकारी नआएको दूतावासको भनाइ छ ।















प्रतिक्रिया