३ कार्तिक २०८३, मंगलबार

शरीरका बारेमा प्रश्न सोधेपछि विद्या रिसाइन्

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला पनि विद्या पत्रकारसँगहरू चिसै रवैयामा प्रस्तुत भइन् ।

जब पत्रकारले उनको बढ्दो शारीरिक तौलका विषयमा प्रश्न सोधे जब विद्या पड्किइन् । उनलाई सोधिएको थियो, ‘तपाईंका धेरै फिल्म महिला केन्द्रित छन् । अब आगामी दिनमा पनि यस्तै फिल्ममा काम गर्नुहुन्छ कि तौल घटाउने बारे सोच्नुहुन्छ ?’ यस्तो प्रश्न सुनेपछि विद्याले प्रतिप्रश्न गरिन्, ‘तौल घटाउने कुरा र महिला केन्द्रित फिल्मका बीच के सम्बन्ध छ ?’

उनको त्यस्तो जवाफ सुनेपछि प्रश्न प्रष्ट पार्न पत्रकारले भने, ‘प्रश्नको तात्पर्य के हो भने तपाईंले भविष्यमा ग्ल्यामर भूमिका पाउने विषयमा केही सोच्नुभएको छ कि ?’ यो सुनेपछि विद्यालाई असह्य भयो ।

‘म जस्तो छु र जस्तो किसिमको फिल्ममा काम गरिरहेकी छु, त्यसबाट म सन्तुष्ट छु । तर, म चाहन्छु कि तपाईं जस्ता व्यक्तिहरूले दृष्टिकोण बदल्न आवश्यक छ’, विद्याले भनिन् । केही समय यता बलिउडमा नायिकाहरूले शरीरको तौल घटाउन थालेपछि उनीहरू आलोचनाको सिकार भइरहेका छन् । तर विद्या बडी सेमिङको विरुद्धमा छिन् ।

विद्याको ‘तुम्हारी सुलु’ नोभेम्बरमा रिलिज हुँदैछ । फिल्ममा उनीसँगै मानव कौल, नेहा धुपिया र आरजे मलिसकाको अभिनय छ ।

फिल्ममा विद्याले मध्यम वर्गीय परिवारको विवाहित महिला सुलुको भूमिका निभाएकी छन् । पति र बच्चासँग बस्ने सुलु निकै चञ्चल र खुशी छिन् । उनी प्रायः रेडियो अफर्स जित्ने पनि गर्छिन् । फिल्ममा उनी रेडियो जक्की पनि बनेकी छन् । – एजेन्सी