काठमाडौं, ७ मंसिर । कामको खोजीमा विदेशिने युवाको संख्या हृवात्तै बढेको छ ।
चालु आर्थिक वर्षको कात्तिक महिनामा ४३ हजार दुई सय १३ जना नेपाली काम गर्न विदेशी भूमिमा पुगेका छन् ।
यो संख्या गतवर्षको सोही अवधिको तुलनामा ३५।२६ प्रतिशतले बढी हो ।
गतवर्षको कात्तिकमा जम्मा ३१ हजार नौ सय ४९ जना मात्र बैदेशिक रोजगारीमा गएका थिए ।
आन्तरिक बजारमा काम पाउन नसकेपछि युवा बिदेशिने क्रम बढेको छ ।
गतवर्ष भन्दा निकै धेरै कामदार बिदेश गएकाले बेरोजगारी समस्या थप चुलिँदो क्रममा रहेको पुष्टी हुन्छ ।
नयाँ तथ्याङकले दुई ठूला चाड दसैं र तिहारपछि कामको खोजीमा बिदेसिने क्रम बढेको देखाएको छ ।
गएको असोजमा ३५ हजार पाँच सय ५० जना काम गर्न बिदेसिएका थिए ।
त्यो संख्या बढेर कात्तिकमा ४३ हजार पुगेको हो ।
बैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा संस्थागत तर्फबाट ३६ हजार ६ सय २६ जनाले बैदेशिक रोजगारीमा जान अनुमति पाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
यसमा पुरुषको संख्या ३६ हजार ६ सय ३६ छ भने महिला १३ सय ९२ जना मात्र छन् ।
यसैगरी ब्यक्तिगत पहलमा जाने कामदार जम्मा चार हजार चार सय ७४ जना छन् । यसमा महिला चार सय ६१ जना मात्र छन् ।















प्रतिक्रिया