
– भरत खड्का
गाईघाट, ८ मंसिर । उम्मेदवारलाई लक्षित गरी उदयपुरमा शुक्रबार अज्ञात समुहले वम विस्फोट गराएको छ ।
जिल्लाको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका ७ नेपालटारबजारको चुनावी सभालाई सम्बोधन गरी फर्कदै गरेका प्रतिनिधिसभा क्षेत्रनं २ का वाम गठबन्धनका उमेदवार शुरेस राई (हिमाल)लाई लक्षित गरी वम विस्फोट गराइएको हो ।
वम बिस्फोट भएपनि घटनाको प्रहरीले आधिकारिकरुपमा पुष्टि गरिसकेको छैन् । प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले उदयपुरगढी गाउँपालिका वडानं ७ नरेटार नजिकको पौवाखोला किनारामा वम पडकिएको खवर आएपनि यथार्थ जानकारी नआएकाले बुझ्ने काम भईरहेको बताए ।
उनले भने, ‘उम्मेदवारसँग रहेका सुरक्षाकर्मीले आवाज सुनेको खवर आएको छ, वम हो वा अरु केही हो भन्ने एकिन छैन्, बुझ्ने काम भईरहेको छ ।’ वम कसले पडकायो भन्ने एकिन नभएपनि यो क्षेत्रमा विप्लव नेतृत्वको माओबादी कृयाशिल रहेकाले उसैले पडकाएको हुन सक्ने अनुमान छ ।
प्रहरीले घटनास्थललाई घेरा हाली खोजीकार्य जारी रहेको बताएको छ । उमेदवारलाई लक्षित गरी वम राखिएपनि वम उमेदवार पुग्नु अगावै पडकिएको थियो । वम घटनास्थल पुग्न १ किलोमिटर बाँकी छदै पडकियो । राईसँग प्रतिनिधिसभा क्षेत्रनं २ प्रदेश १ का वामगठबन्धनकै उमेदवार नारायण बुर्जा मगर रहेका थिए ।











प्रतिक्रिया