१ कार्तिक २०८३, शनिबार

भ्वाङमा खसेकी बिरामी वृद्धालाई उठाएनन् चिकित्सक र नर्सले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sexy_Nurse_काठमाडौं, ७ मंसिर । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज अस्पतालका केही चिकित्सक र नर्स शनिबार कतिसम्म क्रुर भए भने वार्डभित्र शौचालयको भ्वाङबाट खसेकी बिरामी वृद्वालाई उठाउने प्रयास समेत गरेनन् ।

ऐय्या ऐय्या  ऐय्या  भनेर चिच्याएकी बिरामी वृद्वाको समयमै उद्दार नगर्दा ज्यानै गयो ।

‘शुक्रबार रातिको खाना खाएपछि उहाँ निदाउनुभयो, म निदाउन सकेको थिइँन्, बिहान तीन बजेतिर हजुरआमा ट्वाइलेट जानुभयो,’ कुरुवा बसेको नाती कृष्णले भने, ‘धेरैबेर आउनुभएन, भित्र पसेर शौचालयको एउटा कोठाकाने ढोका खोल्दा देखिनँ, अनि अर्को कोठाको ढोका खोलेर हेर्दा बडेमानको भ्वाङबाट खसेर तल बजारिएको देखें ।

आत्तिएर सिस्टरलाई भन्न गएँ तर उनीहरुले मेरो कुरा सुनेनन्, फेसबुक चलाएर बसे, टर्च माग्दा पनि समयमै दिएनन् ।’

दमकी बिरमी दोलखा मेलुङ–५ की ८१ वर्षीया ललितमाया खड्का हिँडेरै शुक्रबार बिहान ११ बजे स्वास्थ्य जाँच गराउन अस्पताल पुगेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

अस्पतालले उनलाई भर्ना गर्यो । घटना भएको घन्टौंपछि ललितमायाकी छोरी मैनाले अस्पताल पुग्दा रगतको आहालमा आमा घोप्टो परेको अवस्थामा देखिन् ।