काठमाडौं, ८ मंसिर । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा नै निर्माण सम्पन्न निर्णय गरेको हो । यसअघि देउवा सरकारले बुढीगण्डकी आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँगको ठेक्क रद्ध गरेका थियो ।
बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय भएको जानकारी दिए । ‘बुढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने छ,’ उनले भने, ‘यसका लागि १५ दिनभित्र एक समिति निर्माण हुन्छ र त्यले दिएको रिर्पोटका आधारमा निर्माणके काम अघि बढाउँछौं ।’
सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै गत कात्तिक २७ गते बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय खारेज गरेको थियो ।











प्रतिक्रिया