काठमाडौं । चर्चित रियालटी सो नेपाल आइडलको उत्कृष्ट १० भित्र पर्न सफल मेनुका पौडेलले गायक सुगम कार्कीसँग रोमान्टिक गीत ‘जुनी जुनी’ गायकी छन् ।
जसको भिडियो समेत बनाइएको छ । भिडियोमा यि गायक गायिका नै गीत गाउदै गरेको देखिएका छन् ।
मेनुका अहिले निकै ब्यस्त छिन् । नेपाल आडियलमा सहभागी भएपछि उनलाई भ्याई न भ्याई छ । प्रोग्राम र एल्बमको गीतले उनलाई समय मिलाउन गाह्रो भइरहेको छ ।
सार्वजनिक जुनी जुनी बोलको गीतको शब्द केशब राज रसाइलीले कोरेका हुन् । संगीतकार तथा एरेन्ज पुस्कर सुनुवारको रहेको छ ।
भिडियोमा सम्पादन तथा छायांकन नबिन सुनुवारको रहेको छ । भिडियो संध्या म्युजिकले बजारमा ल्याएको छ ।















प्रतिक्रिया