३ कार्तिक २०८३, मंगलबार

चलचित्रका दोस्रा निर्देशक नवीन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशकपछि चलचित्र राम्रो बनाउने जिम्वेवारी सम्पादकमा हुन्छ । नेपाली चलचित्र क्षेत्रमा क्रियाशील धेरै सम्पादन छन् ।

तीमध्यमा पनि राम्रो र ब्यस्त केही सम्पादको नाम लिने हो उनी पनि पर्दछन् । उनले चलचित्रको बिभिन्न दृश्यसँग सम्पादनका रुपमा खेल्न थालेको पनि डेढ दशक भइसक्यो । अर्थात नवीन निरौला ।

नवीन चलचित्र सम्पादकमा बढी पारिश्रमिक लिनेमध्यका एक पनि हुन् । नेपाल टेलिभिजनको ब्यासायिक सफल टेलिचलचित्र ‘करुणा’, ‘दुई थोपा आशु’ र ‘पर्खाल’ सम्पादनपछि उनको हात चलचित्रमा परेको हो । नेपालमा पहिलो पटक डिजिटल फम्र्याट भित्रिदा उनी सबैभन्दा ब्यस्त बने ।

‘कसलाई आफ्नो भनुँ’, ‘करुणा’,‘करुणा २’, ‘दुईथोपा आँशु’, ‘पर्खाल’, ‘माईती’, ‘भूमिका’, ‘समृद्ध नेपाल’, ‘जीवनचक्र’, ‘नाता’, ‘सम्झौता’, ‘गुठी’, ‘परिचय’ लगायत उनको सम्पादनमा टेलिभिजनबाट प्रसारित श्रृखला हुन् यि । यसको अलावा उनले रियालटी सो ‘भ्वाइस अफ टिन’ र ‘पेज थ्री’ समेत सम्पदान गरेका छन् ।

आफनो मान्छे आफ्नै हुन्छ, हाम्रो माया जुनी जुनीलाई, स्टार, खेताला, आवारा, कम्पन, देउता, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाई लग्यो झिल्केले, साईकल लगायत तीन दर्जन बढी चलचित्र सम्पादन अनुभव भएका उनी सम्पादन चलचित्रको दोस्रो निर्देशक भएको बताउँछन् । ‘चलचित्र टेवलमा फाइनल हुने हो’, उनले भने ।

सम्पादनकलाई निर्देशन, छायांकन, कलर र ब्यागराउण्ड म्युजिकको नलेज नहुने हो भने चलचित्र गतिलो बन्दैन ।’ नयाँ प्रविधि, क्यामरा, कोडेक, सफ्टवेरको अपडेट र नलेजबिना कोही पनि सफल एडिटर बन्न नसक्ने बताउने नवीन सम्पादनका लागि सुस्म नलेज समेत आवश्यक रहेको बताउँछन् ।

सम्पादनमा समय, ईफेक्ट, कलाकारको मुड, एम्बियन्स, ईन्भाईरोमेन्ट ईफेक्ट र एक्सप्रेसन पढ्न सक्नेलाई मात्र पूर्ण रुपले सम्पादक भन्न मिल्ने उनको धारणा छ ।