१२ मंसिर २०८३, शनिबार

बाम उम्मेदवार राईको घरमा विष्फोट

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ८ मंसिर । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा बाम गठबन्धनका साझा उम्मेदवार जयकुमार राईको निवासमा बिहीबार साँझ बाम विष्फोट गराइएको छ ।

धरान १५, भानुमार्गस्थित राईको निवासमा अज्ञात व्यक्तिले साँझ ६ बजेतिर विष्फोट गराएको हो । सडकसँगै जोडिएको घरको कम्पाउण्ड वालभित्र आगनमा फालेको बम बिष्फोट हुँदा ठूलो क्षति नभएपनि उम्मेदवारहरुको सुरक्षाको बिषयमा गम्भीर प्रश्न खडा भएको छ ।

राज्यले सुरक्षा दिन नसकेको तथा कांग्रेस र विप्लव समुह मिलेर बाम गठबन्धन लक्षित आक्रमण भइरहेको आरोप लगाइरहदा बिहिबार साँझ धरानमा पनि बाम उम्मेदवारको निवासमा विष्फोट गराइएको हो ।

विष्फोटबाट ठूलो क्षति नपुगेपनि विष्फोटसँगै ढुंगा, माटो उछिटिएर घरमा लागेको परिवारका सदस्यहरुले जनाएका छन । यस्तै, आगनमा राखिएको टेलब र कुर्सीमा पनि सामान्य क्षति पुगेको छ ।

घटनाको समयमा घरभित्र रहेकी उम्मेदवारका भतिजि विश्वसम राईलले एक्कासि ठूलो आवाजमा पड्किएको बताइन् । साथै, एक प्रत्यक्षदर्शी महिलाले २ जना व्यक्ति एक स्कुटरमा आएर बाम फालेको बताएको पनि उनले बताइन् । ‘२ जनाले नै हेल्मेट लगाएको आएको रहेछ, स्कुटी पनि रोक्दै नरोकी बम फालेर गएको थियो रे’, प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै उनले भनिन् ।

घटनाको सूचना पाएलगत्तै ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले घटनस्थलमा प्लाष्टिकको पाइपका टुक्राहरु फेला परेकोले पाइप बम पड्काएको आशंका जताए ।