३ कार्तिक २०८३, मंगलबार

दिपाश्रीको सिउँदोमा सिन्दुर देखिएपछि …

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अविवाहित अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाको सिउँदोमा सिन्दुर देखिएको छ । उनको सिउँदोमा सिन्दुर लगाएका तस्बिरहरु विभिन्न सामाजिक सञ्जाल तथा अनलाइनमा देखिएका छन् ।

अविवाहित महिलाको सिँउदोमा सिन्दुर देखिनु अचम्मको कुरा हो । तर नायिकाको हकमा भने यो छुट छ । किनकी अभिनयको क्रममा नायिकाहरुले कथाले मागे अनुसार सिन्दुर लगाउन सक्छन् । दिपाश्रीको हममा पनि यस्तै भएको हो । उनले चलचित्र ‘सत्रुगते’ का लागि सिन्दुर लगाएकी हुन् । चलचित्रमा उनी अभिनेता हरिवंश आचार्यकी श्रीमतीको भूमिका निभाएकी छिन् । छायाँकनको क्रममा रहेको सत्रुगतेमा नायिका निरौला विवाहितको रुपमा प्रस्तुत भएकीले उनको सिँउदोमा सिन्दुर देखिएको हो ।

मह सञ्चार तथा किरण केसीको प्रस्तुतीमा बन्दै गरेको चलचित्र सत्रुगतेमा मह जोडीलगायत दिपक राज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायत कलाकारहरुको अभिनय रहेको छ । सो चलचित्र चैत ९ गते रिलिज हुने निर्माण टोलीले बताएको छ ।