१२ मंसिर २०८३, शनिबार

निर्वाचन स्थगित गर्न माग गरेका नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका अध्यक्ष पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ७ मंसिर । नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय अध्यक्षसहित ५ जना सदस्यलाई बिर्तामोड प्रहरीले प्रकाउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले झापाको बिर्तामोडमा रहेको मोर्चाको जिल्ला कार्यालयबाट उनीहरुलाइ प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेहरुमा केन्द्रीय अध्यक्ष रामचन्द्र क्षेत्री बानिँया, महासचिव सुरेन्द्र कार्की, स्वामी कमल नयनाचार्य, झापा अध्यक्ष कृष्ण चुडाल र झापा सदस्य महेन्द्र भट्टराई रहेका छन् । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यलय मा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । विहान १२ बजे पत्रकार सम्मेलन गरेका उनीहरुलाई तगत्तै कार्यालयबाट नै प्रकाउ गरिएको प्रहरीले बताएको छ । उनीहरुले पत्रकार सम्मेलनमा राजसंस्थाको माग राखेका थिए भने बर्तमान निर्वाचन स्थगन गर्न समेत माग गरेका थिए ।

सम्मेलनमा वर्तमान सरकारले पछिल्लो ३ महिनामा २ अर्ब रुपैया व्यापार घाटा गराएको, देशको समस्याहरु समाधान गर्न नसकेको, तथा भष्ट्राचार अधिक मौलाउन सहयोग गरेको आरोप लगाएको थिए । उनीहरुलाई गृह मन्त्रालयबाट समेत निगरानी राखिएकोले रिहा गर्ने÷नगर्ने विषयमा केही भन्न नसकिने प्रहरीले जानकारी दिएको छ ।