१२ मंसिर २०८३, शनिबार

धादिङमा सबै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी हुने अर्यालको दाबी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ७ मंसिर । धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विश्वप्रसाद अर्यालले धादिङका सबै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विजयी हुने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले धादिङका जनता लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आतुर रहेको समेत सुनाए ।

उनले भने, ‘अहिले जनता लोकतन्त्रवादीहरुको पक्षमा भोट हाल्न आतुर छन् ।’ ३० वर्षदेखि बामपन्थीहरुले विकास गर्न नसकेकोले लोकतान्त्रकवादीहरुलाई मत हाल्न धादिङवासी आतुर रहेको उनको भनाई थियो । क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा आयोजित साक्षात्कारमा बोल्दै उनले धादिङ विकासको दृष्टिकोणले पछि पर्नुको प्रमुखकारण कम्युनिष्टहरुको कारणले भएको आरोप लगाए । उनले भने, ‘काठमाडौँसँग नाका जोडिएको यो जिल्ला सधैँ विकासको दृष्टिकोणले पछि परेको छ, विकास हुन सकेन ।’

अर्यालले यो पटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै बहुमत ल्याउने दाबी समेत गरे । उनले आफूहरु अहिलेसम्म लोकतन्त्रको लागि कहिल्यै सम्झौता नगरेकोले यो मुद्दामा सम्झौता हुनै नसक्ने जिकिर गरे । उनले यो पटकको निर्वाचनमा आफुलगायत युवा नेताहरु चुनावी मैदानमा भएकोले तीस वर्षमा गर्न नसकेको काम एक वर्षभित्र पूरा गरेर देखाउने समेत विश्वास दिलाए ।

धादिङ कच्ची सडकहरुलाई कालोपत्रे गर्ने, सडक सञ्जाल नपुगेका ठाउँहरुमा बाटो पु-याउने लगायतका कामहरु आफ्नो पहिलो प्राथमिकतामा रहेको समेत उनले योजना सुनाए । उनले भने, ‘चितवनदेखि काठमाडौँ र लुम्बिनी जाने नाका बन्छ । धादिङ यातायातको हब बन्छ, रोजगारी बृद्धि हुन्छ । त्यस्तै भुकम्प पछिको पुर्ननिर्माणको कुरामा हामीले जोड दिएका छौँ । खानेपानीको समस्या समाधान गर्छौँ ।’