१२ मंसिर २०८३, शनिबार

बहुमत काँग्रेसकै आउछः वाणिज्य मन्त्री बिश्वकर्मा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलाबारी (झापा), ७ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वाणिज्य मन्त्री मिन बिश्वकर्माले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसकै बहुमत आउने दाबी गरेका छन् । मन्त्री विश्वकर्माले बुधबार झापाको धुलाबारीमा आयोजित चुनावी सभामा सो कुरा बताएका हुन् ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले तटस्थ मतदाताहरुको झुकाव काँग्रसमा बढी भएकाले काँग्रेसले बहुमत ल्याउने बताए । एउटा अर्को प्रसङमा काँग्रेस नेता बिश्वकर्माले बाम गठबन्धन कुनै चुनौती नभएको बताउँदै काँग्रेस नेतृत्वको सरकारले गरेको कामका आधारमा पनि मतदाताले काँग्रेसलाई रोज्ने दाबी गरे ।

यसैविच, काँग्रेस मन्त्री बिश्वकर्माले शेरबहादुर देउवा सरकारले ७० बर्ष उमेर पुगेका नेपाली नागरिकलाई दिने बृद्ध भत्ता २५० रुपैयाँ बनाएको र दलितलाई ६० बर्ष उमेरमा नै बृद्ध भत्ता दिने ब्यवस्था गरेको बताए । दलित अगुवाहरुसँगको छलफलमा मन्त्री बिश्वकर्माले काँग्रेसकै सरकारले दलित भत्ता २५० रुपैयाँ बाट ५०० रुपैयाँ बनाएको अनि ५०० रुपैयाँबाट १००० रुपैयाँ पनि काँग्रेस नेतृत्व कै सरकारले बनाएको स्मरण गराए ।