यौन मानिसको नितान्तः व्यक्तिगत विषय हो । व्यक्तिको इच्छा अनुसार यौनकार्य छुट छ । तर, प्रहरीमा भर्ती हुनका लागि कुमारीत्व प्रमाणित गर्नुपर्ने नियम सुन्दा तपाईं आश्चर्यमा पर्नुहुन्छ ।
हो, एसियाली मुलुक इन्डोनेशियामा युवतीहरुलाई प्रहरीमा भर्ना हुन नांगै पारेर कुमारीत्व परिक्षण गर्ने गरिन्छ । कुमारीत्व प्रमाणित गर्न सके मात्र उनीहरुले प्रहरी सेवामा अवसर पाउँछन् ।
इन्डोनेशियामा १७ देखि २२ वर्ष सम्मका युवतीहरुलाई मात्र प्रहरी सेवामा लिइन्छ । तर, तिनीहरु कदमकदाचित यौन कार्यमा संलग्न छन् भने जागिरमा अवसर नै पाउँदैनन् ।
प्रहरीमा जागिर खान खाएका २० जना आवेदकलाई कुमारीत्व परीक्षणका लागि अगाडि उभ्याएर नांगै पारिन्छ । र ढोका नभएको कोठामा २-२ जना लगेर जाँच गर्ने गरिन्छ।
इन्ड़ोनेसिया प्रहरीको यो कदमको महिला अधिकारकर्मीहरुले भने कडा बिरोध गरेका छन् ।
यसो त इन्डोनेशियामा मात्र होइन, इजिप्ट, अफगानिस्तान लगायतका देशमा समेत महिलाले कुमारीत्व प्रमाणित नगरी प्रहरी सेवामा प्रवेश पाउँदैनन् ।














प्रतिक्रिया