३ कार्तिक २०८३, मंगलबार

‘पद्मावती’ नायिका दीपिकालाई आमिर र शाहरुखको साथ

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । चलचित्र ‘पद्मावती’ यतिबेला निकै विवादमा रहेको छ । ‘पद्मावती’की नयिका दीपिका पादुकोनलाई यस चलचित्रमा अभिनय गरेकै कारण ज्यान मार्ने धम्की समेत मिलेको छ । कोही उनको नाक काट्न चाहन्छन् त कोही गर्धन । निर्देशक सञ्जय लीला भंसारीको पुत्ला र चलचित्रको पोष्टर भारतका विभिन्न स्थानहरुमा जलाइएको छ । यस्तो केही मानिसहरु त दीपिकालाई जिउँदै जलाउने धम्की समेत दिइरहेका छन् । यी विविध कारणले चलचित्र ‘पद्मावती’को रिलिज मिति अनिश्चित कालका लागि स्थगित गरिएको छ । कुनै ठूलो दुर्घटना नहोस् भनेर यस चलचित्रसँग सम्बन्धीत व्यक्तिहरुको सुरक्षा कडा पारिएको छ ।

दीपिकाको निवासमा प्रहरी तैनाथ गरिएको छ । निर्देशक भंसारीलाई पनि पनि कडा सुरक्षा दिइएको छ । ‘पद्मावती’को विरुद्धमा प्रदर्शन गरिरहेकाहरुलाई यस चलचित्रसँग सम्बन्धीत व्यक्तिहरुले मात्रै नभई सम्पूर्ण बलिउड परिवारले नै चलचित्रमा पद्मावती र अलउद्धिनको बीचमा कुनै पनि सिन नरहेको बताइरहेका छन् । तर उनीहरुको कुरा कोही पनि सुन्न मानिरहेका छैनन् । बलिउडका कयौँ स्टारहरुले यसलाई दुखद भनेका छन् । आफ्नो देशमा असुरक्षित महशुस गर्नुपर्दा दुःख लागेको बताएका छन् ।

यस्तोमा बलिउडका दुई स्टार नायक आमिर र शाहरुख खानले दीपिकालाई फोन गरेर आफूहरु उनको साथमा रहेको बताएका छन् । नायकद्वयले दीपिकालाई कुनै पनि समयमा जरुरत परेको खण्डको उनको पक्षमा उभिन तयार रहेको भरोसा दिलाएका छन् । –एजेन्सी