१२ मंसिर २०८३, शनिबार

कांग्रेस अछामका पूर्व उपसभापति जयन्द्र स्वाँर एमालेमा प्रवेश

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कमल रावल
अछाम, ७ मंसिर । नेपाली कांग्रेस अछामका पूर्व उपसभापति जयन्द्र स्वाँर एमालेमा प्रबेश गरेका छन् ।

झण्डै ३५ वर्षदेखि कांग्रेसमा आबद्ध स्वाँर बुधबार एमालेमा प्रवेश गरेका हुन् । साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावी सभामा उनी एमाले प्रबेश गरेका हुन् । उनलाई नेकपा एमालेका उपाध्यक्ष तथा अछाम क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेदार भीमबहादुर रावलले पार्टी प्रबेश गराएका हुन् ।

स्वाँरले नेपाली कांग्रेसमा ब्यक्तिवादी सोच हाबी भएकाले आफूु एमालेमा प्रबेश गरेको बताए । उनले दलित, महिला, अपांग, पिछाडा वर्गको सम्मान दिन नसक्ने पार्टी काग्रेस रहेको आरोप लगाए ।