भैरहवा, ६ मंसिर । लोकतान्त्रिक गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा सदस्य उम्मेदवार रहेका बहालवाला स्वास्थयमन्त्री दीपक बोहोरालाई किर्ते गरेको आरोप लागेको छ ।
राप्रपा (प्रजातान्त्रीक) का वरिष्ठ उपाध्यक्ष समेत रहेका बोहोराले चुनाब चिन्ह उस्तै उस्तै भएपछि किर्ते गरी विपक्षीको उम्मेदवारी रद्ध गराउन गरेको प्रयास विफल भएको तथ्य बाहिर आएको छ ।
लोकतान्त्रीक गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेका दीपक बोहोराको चुनाब चिन्ह गोलाकार भित्र हलो रहेको छ । झट्ट हेर्दा उस्तै देखिने एकिकृत राष्ट्रिय प्रजातन्त्र पाटि (राष्ट्रबादी) को चारकुनेभित्र हलो चुनाब चिन्हले आफ्नो मत काटिनेभएपछि बोहोराको निर्देशनमा त्यस्तो अबैध काम भएको चर्चा चलेको छ ।
उनकै निर्देशनमा एकिकृत राष्ट्रिय प्रजातन्त्र पाटि (राष्ट्रबादी) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको नक्कली हस्ताक्षर गरी सो पाटिका उम्मेदवार कमल प्रसाद उपाध्ययको उम्मेदवारी फिर्ता गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दिएको कुरा बाहिर आएको छ । पछि सो निवेदनमाथी शंका लागी सोधपुछ गर्दा उक्त कार्य किर्ते भएको ठहरिएको छ । सो सम्बन्धमा रुपन्देहीका मुख्य निर्वाचन अधिकृत समेत रहेका जिल्ला अदालत रुपन्देहीका मुख्य न्याधिस नरीश्वर भण्डारीले भने “उम्मेदवारको उम्मेदवारी फिर्ता गर्ने समायावधि भित्र एकिकृत राष्ट्रिय प्रजातन्त्र पाटि (राष्ट्रबादी)का तर्फबाट उम्मेदेवारी फिर्ता गर्ने भन्ने ब्योहोराको निवेदन आएको थियो हामीले सो सम्बन्धमा उक्त पार्टिका जिम्मेवार व्यक्तिलाई बुझ्दा उक्त कार्य आफुहरुले नगरको भन्ने आयो । ”
मुख्य निर्वाचन अधिकृतको कार्यलयले पछि उम्मेदवार र एकिकृत राष्ट्रिय प्रजातन्त्र पाटि (राष्ट्रबादी) का अध्यक्षलाइ बुझ्दा उक्त कार्य नक्कली भएको बुझिएकोले उम्मेदवारी भने कायम राखिएको छ । प्रतिनिधी सभा सदस्य उम्मेदवारको रुपमा चारकुनेभित्र हलो चुनाब चिन्ह सहित कमल प्रसाद उपाध्ययको उम्मेदवारी कायम भएको निर्वाचन कार्यलयले जनाएको छ ।
सो कार्यको उक्त पाटिका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले घोरभत्र्सना गर्दै किर्ते काम गर्ने विरुद्ध कारबाहिको माग गदै जिल्ला निर्वाचन अधिकृतलाइ पत्राचार समेत गरेका छन् । यता उक्त निवेदन दिने व्यक्ति को थिए भन्ने विषयमा अझै पहिचान खुल्न नसकेको निर्वाचन कार्यलयले जनाएको छ ।
आफ्नो पाटीको अध्यक्षको हस्ताक्षर नक्कली गरेर हाम्रो उम्मेदवारको उम्मेदवारी फिर्ता गर्ने दुस्प्रयास गर्ने कार्य उस्तै उस्तै चुनाब चिन्ह भएकाहरुले गरेको भन्दै उक्त पाटिका केन्द्रिय सहमहामन्त्री कैलाश गुरुंगले आक्रोस व्यक्त गरे । उनले भने “ निर्वाचन अगाडी नै जालझेल गर्नेले पछि के जनताको काम गर्लान । यो सबै काम उस्तै उस्तै चुनाब चिन्ह भएका दलका उम्मेदवारको निर्देशनमा भएको हो”
उम्मेदवारी कायम भएपछि उपाध्यय चारकुने भित्रको हलो चुनाब चिन्ह लिएर रुपन्देही ३ को प्रतिनिधीसभा सदस्यमा चुनाबी मैदानमा छन् भने गोलाकार भित्रको हलो चुनाब चिन्ह लिएर राप्रपाका दीपक बोहरा चुनाबी मैदानमा छन् ।
निर्वाचन आयोगले तयार पारेको मतपत्रमा पहिलो लाइनको दोस्रो कोलममा गोलाकार भित्रको हलो चुनाब चिन्ह छ भने दोस्रो लाईनको पहिलो कोलममा चारकुने भित्रको हलो चुनाब चिन्ह रहेको छ ।















प्रतिक्रिया