१२ मंसिर २०८३, शनिबार

नेता दिनेश यादव ओलीविरुद्धको भ्रम चिर्न मधेसी बस्तीमा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा
बाँके, ६ मंसिर । मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि बाँकेमा प्रत्यक्षसहित समानुपातिक सुचीमा रहेका उम्मेदवारहरु दलबलसहित प्रचारात्मक अभियानमा जुटेका छन् । यस्तोमा प्रतिनिधि सभाको बन्द सूचीमा परेका नेकपा (एमाले)का बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादव भने विकास र सम्बृद्धिको अभियानसहित मधेसी समुदायका बस्तीमा प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध तराई मधेसमा फैलाइएको भ्रम चिर्न यादव मधेसी समुदायको बस्तीमा अन्तरक्रिया गर्न थालेका छन् । नेकपा एमालेले गर्ने चुनावी कार्यक्रममा सहभागी भएपछि यादवले एमाले र एमाले अध्यक्ष ओली विरुद्ध तराई मधेसमा फैलाइएका भ्रमबारे खुलेर दोहोर अन्तरक्रिया समेत गरेका छन् । ‘ओलीलाई मधेसको विरोधी भनी केही व्यक्तिले फैलाएको गलत भ्रमबारे मुक्त हुन जरुरी छ’, बाँकेको जानकी गाउँपालिकाको बेलहरीमा स्थानीय बासिन्दासँगको अन्तरक्रियामा यादवले भने, ‘उहाँमा तराई मधेसमा कसरी विकास र सम्बृद्धि ल्याउने भन्ने चिन्ता सधै देखिन्छ ।’

स्थानीय सावितराम यादवलगायतका मधेसी समुदायका अगुवासँगको अन्तरक्रियामा यादवले देशको आर्थिक विकास र सम्मृद्धिका लागि एमाले अध्यक्ष ओलीले लिएको अडानले मधेसले सबैभन्दा बढि लाभ पाउने बताए । गुरुवागाउँमा पार्टीद्वारा आयोजित सभा सकिएपछि यादवलाई केही मधेसी समुदायका अगुवाले रोकेर संंविधान संशोधनमा एमालेको धारणा सार्वजनिक गर्न आग्रह गरे । यादवले स्थानीयसँग लामो समय सडकमै दोहोरो छलफल गरे । संविधान संशोधनको जिज्ञासा राख्नेलाई यादवले प्रश्न गरे, ‘कुन बिषयमा संशोधन गर्ने, पहाडी समुदायले पाएका कुन कुन अधिकार मधेसी समुदायले पाएका छैनन?’ यादवले मधेसको विकास र सम्बृद्धिको बारेमा छलफल गरे । यादवले मधेसी समुदायमा पुगेर स्थानीय अगुवाको घरमै पुगेर मधेसबारे एमालेको धारणा प्रष्ट पार्ने गरेका छन् ।