– टेकराज भण्डारी
अछाम, ६ मंसिर । नेपाली कांग्रेस अछामका पूर्व उपसभापति जयन्द्र स्वार नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्व उपसभापति स्वारलाई एक कार्यक्रमका वीच एमाले उपाध्यक्ष भीम रावलले एमालेमा भित्र्याएका हुन् ।
अछाम क्षेत्र नम्बर १ का उम्मेद्धार समेत रहनु भएका रावलले स्वारलाई आज आफ्नै जन्मस्थान साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको कार्यक्रममा एमाले प्रवेश गराएका हुन् ।
नेविसंघका पूर्व सहमहामन्त्री समेत रहेका स्वारले जनताको हित र देशको विकास गर्ने पार्टी एमाले भएकोले एमालेमा आएको बताउनु भएको छ । नेपाली कांग्रेस जनताको मतको अपमान गर्ने र विकासको बाधक रहेको समेत उहाँले बताउनु भयो । स्वार नेपाली कांग्रेस अछामका सभापति तथा क्षेत्र नम्बर १ का उम्मेद्धार भरत स्वारकै गाउँका निवासी हुन् ।
उनलाई ईमान्दार, जुझारु र शालीन नेताका रुपमा लिईन्छ । बाम गठबन्धनले शशक्त बनेका अछामका बाम उम्मेद्धार स्वारको प्रवेशले अझै बलिया भएको जानकारहरु बताउँछन् ।












प्रतिक्रिया