काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार ओम हस्पिटलमा उपचाररत नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । भेटको क्रममा प्रधानमन्त्री देउवाले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
हस्पिटलका अध्यक्ष डाक्टर भोला रिजाल, प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, हस्पिटर निर्देशक डाक्टर जागेश्वर गौतमको साथमा प्रधानमन्त्रीले निधिको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । यसअघि पूर्वराष्ट्रपति डाक्टर राम वरण यादवले पनि मंगलवार अस्पताल पुगेर निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
निधिको उपचारमा पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोध सागर ढकाललगायतको टोली संलग्न रहेको छ । चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् ।











प्रतिक्रिया