काठमाडौं, ६ मंसिर । सरकारले नेपाल प्रहरीका ४ डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रहरी प्रधान कार्यालयले सिफारिस गरेका डीआईजीहरु मधुप्रसाद पुडासैनी, हेमन्तबहादुर पाल, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा एआईजी पुडासैनीलाई ५ नम्बर प्रदेश प्रहरी प्रमुख र एआईजी नेपाललाई ७ नम्बर प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, एआईजी श्रेष्ठलाई कार्य विभाग, पाललाई मानवस्रोत व्यवस्थापन विभागमा पदस्थापन गरिएको छ ।











प्रतिक्रिया