१२ मंसिर २०८३, शनिबार

संविधानलाई संस्थागत गर्न काँग्रेसको आवश्यकता छ: नेता सिंह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली काँग्रेसको आवश्यकता रहेको बताउनुभएको छ ।

घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा आज चुनावी घरदैलो कार्यक्रमअन्तर्गत भएको भेलामा उहाँले भन्नुभयो —“निर्वाचन नजिकिँदै गर्दा काँग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको छ ।”

काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सिंहले काँग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र सो संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसलाई जिताउन सबै मतदातामा आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालमा जे–जस्तो स्थिति देखाए पनि आम मतदातामा काँग्रेसप्रतिको हेराइ सकारात्मक रहेको उल्लेख गर्दै उहाँले देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘‘ तपाईहरुले दुई पल्ट विजयी बनाएर सविधान जारी गर्ने जिम्मेवारी पूरा गरे, अव देशलाई समृद्धिको बाटो लैजाने जिम्मेवारी पूरा गर्ने अवसर दिनुहोस्,’’ पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले भन्नुभयो । रासस