वीरगञ्ज, ६ मंसिर । बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिकाको जीतपुरमा रहेको हिमाद्री फुडस् (प्रा)लिले ज्यादती गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएका छन् ।
मजदुरहरू सात सुत्रीय माग राखेर कायम आन्दोलन सुरु भएको हो । मजदुरहरूले मंगलबार उद्योगको मूल गेट अगाडि धर्ना समेत दिइएको छ ।
धर्नामा बसेका मजदुरहरूले अजय चौधरीलाई चार घण्टा अफिसभित्रको शौचालयमा थुनेको आरोप पनि लगाएका छन् ।
उद्योगका मजदुर युनियनका अध्यक्ष चन्द्रशेखर चौधरीले मजदुरहरूलाई बिभिन्न किसिमको डरधम्की देखाउँदै जर्बजस्ती मजदुरहरूलाई उद्योगको व्यवस्थापनले कागज गराईरहेको बताएका छन् ।
मजदुरहरूले सात सुत्रीय माग राखेर मजदुरहरूले मंसिर २ गते ७२ घण्टे अल्टिमेटम दिएका थिए । तर, उद्योग ब्यवस्थापनले मागको कुनै वास्ता नगरेपछि दवावका लागि मूल गेटमा धर्ना बसेको चौधरीले बताए ।
हिमाद्री फुडस (प्रा)लिमा बंगलादेशीे प्रान कम्पणीको लगानी रहेको छ । कम्पनीमा चकलेट, लली पप, चुईगम लगायतका सामग्रीहरू उत्पादन हुँदै आएको छ ।
जिफन्टका केन्द्रीय अध्यक्ष आनन्द थामीले मजदुरहरूले उठाएको माग जायज भएकाले भन्दै मजदुरका माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।











प्रतिक्रिया