वीरगञ्ज, ६ मंसिर । पर्सा जिल्लामा नेकपा (एमाले)का उम्मेदवारको घरमा अपरिचित समूहले बम प्रहार गरेको छ ।
पर्सा क्षेत्र नं २ ‘क’बाट प्रदेशसभातर्फका उम्मेदवार रामचन्द्र साह तेलीको घरमा मंगलबार साँझ सवा सात बजे बम प्रहार गरेको हो ।
वीरगञ्ज–१० रानीघाट (कुमारीमाई टोल)स्थित उनको घरमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।
वाम गठबन्धनका साझा उम्मेदवार तेली पछिल्लो सविधानसभामा समानुपातिकबाट सभासद् हुन् । घरको पहिलो तल्लाको झ्यालमा बम पड्केको उनका छोरा दीपक साह तेलीले बताए ।
त्यसबेला साह भने एमाले नेता विचारी यादवको छोराको विहेमा श्रीपुर गएका थिए ।
सकेट बम घरको झयालबाट फलिएको हुन सक्ने छिमेकीले अनुमान गरेका छन् । विष्फोटबाट घरको पूर्वपट्टीको झ्यालको सिसा मात्र फुटेको छ ।












प्रतिक्रिया