१२ मंसिर २०८३, शनिबार

बर्दियामा वाम गठबन्धनको प्राथमिकता ‘भौतिक पूर्वाधार’

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी

बर्दिया, ६ मंसिर । प्रतिनिधीसभा र प्रदेशसभाका लागि हुने दोस्रो चरणको निर्वाचन मिति नजिकिदै गर्दा मतदाता फकाउन उम्मेदवार गाउँगाउँ पसेका छन् । सभा–भेला गरेर आफना कुरा मतदातासमक्ष राख्न उम्मेदवारलाई भ्याइनभ्याइ भएको छ ।

जिल्लाको विकासका लागि वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका आआफनै प्रतिवद्धताहरु छन् ।

विकासका प्रतिवद्धताहरू मुखले मात्र भनेर मतदाताले नपत्याउलान भनेर वाम गठवन्धनले विकासे कामलाई प्राथमिकता दिँदै त्यसको लिखित फेरहिस्ता नै तयार पारेको छ । वाम गठवन्धनको प्राथमिकतामा भौतिक पूर्वाधार परेको छ ।

वाम गठवन्धनले सडक निमार्ण, नदी व्यवस्थापन, पुलपुलेसा निमार्ण र कृषि सिँचाइ प्रणालीलगाएतका भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । वाम गठवन्धनले आगामी ५ वर्ष भित्र जिल्लालाई भौतिक पूर्वाधार निमार्ण सम्पन्न गर्ने कामलाई प्राथमिकतामा राखेको छ । निमार्ण गरिने पूर्वाधारहरु गुणस्तरयुक्त अन्तराष्ट्रिय मापदण्ड अनुसारका हुने बताइएको छ ।

जिल्लामा संचालनमा रहेको राष्ट्रिय गौरवका योजनाको रुपमा रहेको बबई सिँचाइ आयोजनालाई पूर्णरुपमा संचालनमा ल्याउने, भेरी बबई डाइभर्सन परियोजनालाई आगामी २ वर्ष भित्रमा निमार्ण सम्पन्न गरिने, कृषिमा यान्त्रीकीकरण गर्नका लागि भूमीलाई चक्लाबन्दी गरिने, कर्णाली चिसापानी बहुउद्धेश्य परियोजना आगामी ७ वर्ष भित्र सम्पन्न गर्ने जस्ता कार्यहरुलाई वाम गठवन्धनले प्राथमिकतामा राखेको छ ।

बबई नदीको जब्दीघाट ४ लेनको पुल निमार्ण गर्ने कार्यलाई वाम गठवन्धनले उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

यसैगरी जिल्लामा रहेका नदीनालाहरुमा गरि ४० स्थानमा पक्की पुल निमार्ण गर्ने कार्य प्राथमिकतामा परेका छन् ।

हुलाकी सडकलाई ४ लेनमा स्तरोन्नती गरिने, प्रत्यक स्थानिय तहमा आधुनिक शीतभण्डार स्थापना गरिने, थारु समुदायमा देखिने सिकल सेल एनिमिया रोगको उपचारका लागि बारबर्दिया नगरपालिकामा सुविधा सम्पन्न अस्पताल निमार्ण गरिने, भुरिगाउँ तेलपानीहुदै सुर्खेत जोडनका लागि वातावरण तथा वन्यजन्तु मैत्री पर्यटन माग निमार्ण गर्न पहल गर्ने कामहरु प्राथमिकतामा परेका छन् ।

यसैगरी जिल्ला भित्रका ग्रावेल भएका सबै सडकहरु कालोपत्रे गरिने, जिल्लाका बाढीपीडितलाई २ वर्षभित्र सुरक्षित आवासको व्यवस्था गरिने, बबई नदी नियन्त्रण तथा व्यवस्थापन परियोजना संचालन गरि जिल्लालाई कटान तथा डुवान मुक्त गरिने जनाइएको छ ।

मुख्य राजमार्ग वाहेक जिल्लाका सबै स्थानिय तहलाई जोडने गरि सडक सञ्जाल विस्तार गरिने, पूर्व पश्चिम राजमार्गदेखि दक्षिणी भारतीय सीमा क्षेत्रसम्म सडक विस्तार गरिने, भूमिहीन मुक्तकमैया र सुकुम्बासीसँग जोडिएका सबै समस्याहरु २ वर्षभित्र समाधान गरिने र प्रत्यक गाउँलाई ग्रामीण शहरको रुपमा विकास गरिने, हरेक नगरपालिकामा ५० शैयाको र गाउँपालिकामा २० शैयाको अस्पताल निमार्ण गरिने बताइएको छ ।