झापा, ६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् झापा क्षेत्र नम्बर १ मा कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका बेलामा यो या त्यो गठबन्धनले होइन आम गठबन्धनले मात्र हाम्रो देश समृद्ध बन्ने बताएका छन् ।
मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार अभियान अन्तरगत क्षेत्र नम्बर १का विभिन्न कोणसभालाई सम्बोधन गर्दै शर्माले प्रकृतिको अनुपम उपहार पाएको हाम्रो देश राजनीतिक अस्थिरताका कारण समृद्ध हुन नसकेको बताए ।
‘हामीले निरन्तर यो देशमा लडाइ ग-यौ’ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार शर्माले भन्नुभया,‘कहिले प्रजातन्त्रका लागि लडियो, कहिले पञ्चायतका विरुद्धमा लडियो, कहिले राजतन्त्र अन्त्यका लागि लडियो त कहिले माओवादी द्वन्द्वकालले देश १० वर्ष युद्धमा पर्यो । अब कहिलेसम्म लड्ने हो ? अब फेरी यो गठबन्धन र त्यो गठबन्धनको नाममा अर्को लडाइ लड्ने ? सबै जाति र सबै पार्टीलाई हार्दिकताका साथ एक भएर देश निर्माणमा जुट्नुको विकल्प छैन । त्यसका लागि आम नेपालीको गठबन्धन बनाउने बेला आएको छ ।’
‘काकांग्रेसको स्टेजमा चढेर एमालेलाई गाली गर्ने, माओवादीको स्टेजमा चढेर काङ्ग्रेसलाई गाली गर्ने, एक दलले अर्को दललाई गाली गर्ने अनि एक अर्कामा गाली गरेर नै यो देशले कहिले मुहार फेर्ने ?’, शर्माले भने, ‘अब गाली गर्न बन्द गर्नु पर्छ । त्यसका लागि राजनीतिक संस्कारको विकास गर्दै सबैले आआफ्नो पार्टीका कमजोरीहरुलाई सुधार गर्दै जानुपर्छ ।’











प्रतिक्रिया