दुनै (डोल्पा), ५ मंसिर । निर्वाचन को मुखमा विभिन्न पार्टी परित्याग गरी बाम गठबन्धन को मुख्य पार्टी एमाले प्रवेश गर्ने को लहर बढेको छ । मंगलबार ठूलीभेरी नगरपालीकाको जुफालमा भएको बाम गठबन्धनको चुनावी प्रचार प्रसार कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा परित्याग गरी नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।
एमालेमा प्रवेश गर्नेहरुमा उदराज सार्की, नैनकुमारी सार्की, सन्तके सार्की, विशेष सार्की, डिल बहादुर सार्की, लगाएतका सार्की टोलका २६ घरधुरी एमालेमा प्रवेश गरेको नेकपा एमाले डोल्पाका सचिवालय सदस्य गणेशबहादुर शाहीले बताए । पार्टी प्रवेश गर्नेहरुलाई डोल्पा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ का बाम गठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिंह बुढा र नेकपा एमाले जिल्ला कमिटी डोल्पाका सदस्य नरबहादुर बुढाले स्वागत गरेका थिए । त्यस्तै, माओबादी केन्द्रका नेता लक्ष्मी कार्कीलगायतका नेताहरुले समेत एमाले प्रवेश गर्नेहरुलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
त्यसै गरी त्रीपुरा सुन्दरी नगरपालीका वडा न ९ चु मा गएको स्थानीय तहको चुनाबमा नेपाली काँगे्रसबाट वडा सदस्य का उम्मेद्धार विष्णु बुढा, कृष्ण बुढा, सुनकुमार बुढा, शिवा बुढा लगाएतले नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य चन्द्रबहादुर बुढाले बताए । उनले नव प्रवेशीहरुलाई अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका थिए । यसका साथै सोही नगरपालीकाको वडा नम्बर १० मा पर्ने दापु मा विषराम धरला, गंगा धरला र रणबहादुर धरला नेपाली पनि काँग्रेस परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेको बताइएको छ । निर्वाचन आउन ५ दिन मात्र बाँकी रहदा जिल्लाका विभिन्न गाउँहरुमा हुने चुनावी प्रचारप्रसार कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले पार्टी प्रवेश गर्ने को लहर बढेको छ ।











प्रतिक्रिया