१२ मंसिर २०८३, शनिबार

चितवनमा प्रचण्डलाई भोट माग्दै ओलीले भने- तपाईले जितिसक्नुभएको छ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन ३ मा वाम गठबन्धनका उम्मेवार एवं माओवादी अध्यक्ष प्रचण्ड कम्तिमा १०/१५ हजार मतान्तरले जित्ने विश्वास गरेका छन् ।

नेता ओलीले ‘पूर्वप्रधानमन्त्री पुष्पकमललाई म अग्रिम भन्न चाहन्छु, तपाईले जितिसक्नु भएको छ’ भन्दै पुत्रवियोगमा रहेका प्रचण्डलाई हौसला दिए ।

मंगलबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने– ‘१० १५ हजार भोटले पुष्पकमल दाहाल प्रचण्ड नजित्ने हो भने एमालेलाई लाज हुन्छ कि हुँदैन ? उनले विगतलाई बिर्सिन र सानो चित्त नबनाउन आग्रह गर्दै वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले जिताउन आग्रह समेत गरे ।

चितवनको विकासका लागि प्रचण्डको आवश्यकता रहेको भन्दै ओलीले विपक्षीका उम्मेदवार विक्रम पाण्डेप्रति लक्षित गर्दै भने, ‘एउटा बाटोको ठेक्का लिएर डोजर चलाएइको जस्तो हो देश चलाउने कुरा ? चितवनको विकासका लागि पूर्वप्रधानमन्त्री प्रचण्ड नै आवश्यक छन् ।’

अध्यक्ष ओलीले यो चुनावपछि वाम गठबन्धनको सरकार बन्ने दाबी पनि गरे ।