चितवन । भरतपुरको चुनावी सभामा प्रचण्डपुत्र प्रकाश दाहालको सम्झनामा गीत गाउँदा गाउँदै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको उपचारका क्रममा निधन भएको छ ।
चितवनको भरतपुरमा वाम गठबन्धनको चुनावी सभामा सहभागी उनलाई हृदयघात भएको थियो । तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनको निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले बताए ।
पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत गाएका थिए ।
















प्रतिक्रिया