३ कार्तिक २०८३, मंगलबार

‘रिदम गर्ल’ निश्मा विवाह बन्धनमा बाँधिदै

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चलचित्र ‘रिदम’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका निश्मा घिमिरे छिट्टै विवाह बन्धनमा बाँधिदै छिन् । निश्माले नृत्य निर्देशक गम्भिर विष्टसँग विवाह गर्न लागेकी हुन् ।

लामो समयको प्रेम सम्बन्धपछि निश्मा र गम्भिरको लगन जुरेको हो । आगामी मंसिर ७ गते कौशलटार बैंकटमा निष्मा र गम्भिरले लगनगाँठो कस्ने छन् । ८ गते प्रीति भोज राखिएको छ ।

उनले डेब्यू गरेको चलचित्र सुपरहिट भएको थियो । उनले चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि विभिन्न म्युजिक भिडियोमा काम गरेकी थिइन् । हाल निश्मा चलचित्र क्षेत्रमा सक्रिय छैनिन् । त्य निर्देशक गम्भिर भने विभिन्न म्युजिक भिडियोमा काम गरिरहेका छन् ।