चितवन, ५ मंसिर । पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनको चुनावीसभामा सहभागी भएका छन् । उनीहरुसँगै बुहारी विना मगर पनि उपस्थित छिन् ।
वाम गठबन्धनले चितवनको बसपार्कमा संयुक्त रुपमा आयोजना गरेको सभामा प्रकाश दाहाललाई श्रद्धाञ्जलि लिने क्रममा आमा सीता दाहाल भावुक भएकी छन् । गत आइतबार हृदयाघातका कारण निधन भएको एक मात्र छोरो प्रकाशलाई सम्झेर सीता मञ्चमै भक्कानिएपछि सबैका आँखा रसाएका थिए । पिता प्रचण्डले आफूलाई सम्हालेपनि प्रकाशकी आमा सीता र पत्नी विना भने भक्कानिएको दृश्यले सबैलाई भावुक बनायो । सीता भक्कानिएपछि प्रचण्डले सम्झाउने कोसिस गरिरहेका छन् ।
अहिले चुनावीसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् । सभालाई माओवादी अध्यक्ष प्रचण्डले भने सम्बोधन गर्ने छैनन् ।












प्रतिक्रिया