१२ मंसिर २०८३, शनिबार

सिँचाइमन्त्री गौतमद्वारा निर्वाचन आचार संहिताको ठाडो उल्लंघन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ५ मंसिर । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मंसिर २१ नजिकिदै जाँदा सिँचाइ मन्त्री एवं नेपाली कांग्रेसबाट प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ बर्दियाका उम्मेदवार संजय गौतमले एकपछि अर्को गर्दै निर्वाचन आचार संहितको ठाडो उल्लंघन गरेका छन् ।

एक साताअघि बार्दिया नगरपालिकाको वडा नं. ८ र ९ काकतर्निया, थानफेना, दुधागाउँमा रुख चिन्हमा भोट दिनुपर्छ भन्दै झुल वितरण गरेका उम्मेदवार गौतमले पछिल्लो समय बढैयाताल गाउँपालिकामा बोरिंग गाड्दै हिडेका छन् ।

निर्वाचन आयोगले आचार संहिता लागेपछि मतदातालाई प्रभावित पार्ने गरी कुनै पनि काम गर्न नपाइने बताए पनि सिँचाइमन्त्री गौतमले आचारसंहिताको उल्लंघन गरी विभिन्न क्रियाकलाप गरेका हुन् ।

गौतमको आदेशमा भूमिगत जल सिँचाइ डिभिजन कार्यान्लय नेपालगंजले बोरिंग गाड्दै हिडेको छ । भूमिगत जल सिँचाइ डिभिजन कार्यालय नेपालगंजका आयोजना प्रमुख अरविन्दकुमार मिश्राले बर्दिया जिल्लामा मात्र करिव ५० वटा बोरिंग गाडिसकेको बताएका छन् । निर्वाचन आचार संहिताको कुरा गर्दा प्रमुख मिश्राले नियमित पुरानो कार्यक्रमअन्तर्गत बोरिङहरू गडिएको बताए ।

चार विगाह क्षेत्रफल बराबर एउटा बोरिंग हुने गरी नेपाली कांग्रेसका कार्यकर्ता रामेश्वर रिमालले त्यसको चाँजोपाँजो मिलाएका हुन् । बोरिंग गाड्नका लागि ४ विगाह क्षेत्रफल जग्गाधनी पुर्जाको फोटोकपी आवश्यक पर्ने भएकोले कांग्रेसको पशुपतिबजारमा रहेको सम्पर्क कार्यालयमा रेवती घिमिरे र घनश्याम घिमिरे दुई दाजुभाईले कागजात मिलाउने गरेका छन् ।

बढैयाताल– ७ स्थित कर्णालीपुरमा खिमा रानाभाटको खेतमा बोरिंग गाडिदैछ । उनलाई बोरिंग कसले गाड्दैछ भन्ने थाहा छैन् ।

सोमबार बोरिंग गाड्दै गरेको अवस्थामा भूमिगत जल सिँचाइ डिभिजन कार्यालय बाँकेको टिम समेत पुगेको थियो । बोरिंग गाड्दै गरेको अवस्थामा खेतमै भेटिएका आफूलाई नेपाली कांग्रेसको कार्यकर्ता बताउने रेवती रानाभाटले कांग्रेसले नै बोरिंग गाडेको बताए ।

एउटा बोरिंग गाड्न करिव २ लाखसम्म लाग्छ । बोरिंग गाड्ने मात्र होइन कांग्रेसले जितेपछि ७ लाख मूल्य बराबरको सोलार लडान गरिदिने आश्वासन समेत बाँड्दै भोट माग्दै आएको विपक्षी दलहरूको आरोप छ ।