
चितवन, ५ मंसिर। आगामी संसदीय चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका मुख्य प्रतिस्पर्धी मानिएका बन मन्त्री एवं राप्रपा नेता विक्रम पाण्डेको घरमा राखिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।
भरतपुर महानगरपालिका वडा नं २ स्थित पाण्डेको घर पछाडि अज्ञात समूहले आज बिहान बम राखेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो । बम निष्क्रिय पार्दा धुवाँ मात्र आएकाले कम क्षति बनाउने बम राखिएको जानकारी दिंदै उनले तर्साउनका लागि बम राखिएको बताए । बिहान सर्वसाधारणले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पाण्डे निवास अगाडि आफ्नै रेडियो कालिका एफएम र टिभी कालिका छ भने पछाडि उनको आफ्नै कालिका कन्स्ट्रक्सन छ । घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो । सेनाले पानी नभएको नहरमा बम झारेर निष्क्रिय पारेको हो ।
माओवादी अध्यक्ष प्रचण्ड र पाण्डे चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।











प्रतिक्रिया