१ कार्तिक २०८३, आइतबार

कञ्चन अमात्य प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ द्वारा सम्मानित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कन्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको छ ।

सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औ वार्षिक उत्सवमा सम्मान गरेको हो । यो प्रतिष्ठित मान्यताले विश्वको सबैभन्दा सफल युवा, प्रतिबद्धताका नेता र सामाजिक उद्यमीहरूको कार्यमा समर्पण गरेका र जसले गत दशकको अन्तमा उनीहरूको प्रतिबद्धताको कार्यमा महत्वपूर्ण प्रभाव पारेको अवसरमा सम्मान उत्सव मनाइएको छ ।

कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन उनकी छोरि चेल्सी क्लिन्टन लगायत महत्त्वपूर्ण बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

१०औ वार्षिक उत्सवमा ९० देशका झन्डै १ हजार ५ सय नेतृत्वहरू भेला भएका थिए । १०औ सीजीआईयु बैठकले ७ सय ५० भन्दा ज्यादा कार्य गर्नेको साथै अहिलेका पिढीका वर्तमान चुनौतीलाई सम्बोधन गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा ७ लाख ५० हजार डलर कोष वृद्धि कार्यक्रम पनि सफलता पूर्वक गरिएको थियो ।

ललितपुर पाटन घर भएर हाल अमेरिकामा बसोबास गर्दै आएकी नेपाली चेली कञ्चन अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेस समेत जिम्मेवारी पाएकी थिइन् ।

अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।

उनले राष्ट्रपति भवनमा व्हाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधाराण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि ९डब्लुपीपीसी० सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि कान्छी सुपुत्री कञ्चन अमात्य ,जोली अमात्यकि बहिनि पनि हुन् ।